सुनसरी, मंसिर १२ गते । सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. २ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी वडा नं. २० तरहरा शान्ति टोल बस्ने ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिँदा घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

घाइते खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर ल्याएकोमा चिकित्सकले सोही दिन बिहान ६ः२३ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका २ बस्ने ५४ वर्षीय निरबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको छ।




