सेवाग्राहीलाई दुःख दिने ७ बिचौलिया पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, मंसिर १२ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको आरोपमा ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब साढे २ बजे जिल्ला प्रशासन कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्ने ४२ वर्षीय कमल खड्का, झापा जिल्ला गौरादह नगरपालिका–७ घर भई सूर्यबिनायकमा बस्ने वर्ष ५० को गोपालबहादुर विष्ट, स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–५ घर भई काठमाडौं, सानोभ¥याङ बस्ने वर्ष ४६ को देवप्रसाद अर्याल र काठमाडौँ महानगरपालिका–२९ अनामनगरका वर्ष ५६ को नरेन्द्रप्रसाद भण्डारी रहेका छन् ।

साथै प्रहरीले ललितपुर जिल्ला ईमाडोलका वर्ष ५७ को ओम शरण राना मगर, काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–३ का वर्ष ४८ को रमेश प्रसाद पुडासैनी र तेह्रथुम जिल्ला मैडलुङ नगरपालिका–६ घर भई काठमाडौँ शंखमुल बस्ने वर्ष ५७ का स्वयम कृष्ण निरौलालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिनुभएको छ।

ताजा समाचार

Related Articles