आफैले ढालेको रुखले च्यापिएर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १८ गते ।
मकवानपुरको मकवानपुरगढ गाउँपालिकामा आफैले ढालेको रुखले च्यापिएर एक जनाको मृत्युभएको छ । मोरङ जिल्लाको मिथलाजुङ गाउँपालिका वडा नं. १ घरभई हाल मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ७ स्थित सुकौरामा डेरा गरी बस्ने राम राईको बिहीबार रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ७ स्थित सुकौराका रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने काम गर्ने क्रममा ३१ वर्षीय राई आफैले ढालेको रुखले च्यापिएर घाईते भई उपचारको लागि मकवानपुर सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।

ताजा समाचार

Related Articles