चोरी भएको ट्रक फेला

लोकप्रिय

हेटौँडा, जेठ २६ गते ।
मकवानपुर प्रहरीले चोरीको ट्रक फेला पारी सवारी धनीलाई बुझाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बस्ने गणेश बरुवालको ना ६ ख ८५५ नं.को ट्रक पार्किङ गरी राखेको अवस्थामा यही जेठ १३ गते चोरी भएको थियो ।

उक्त ट्रक अनुसन्धान तथा खोजतलास गर्ने क्रममा हेटौँडा ३ बसामाडीमा फेला पारी सवारी धनीलाई सोमबार बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै उक्त ट्रक चोरीमा संलग्न जिल्ला मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २७ को तीर्थमान भोलनलाई चोरी तथा डाँका मुद्दामा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles