म्याग्दी, मंसिर २ गते । म्याग्दी जिल्लाको मालिका गाउँपालिका ५ मल्कवाङ घरथोकस्थित वनबाट सात थान भरुवा बन्दुक बरामद गरिएको छ ।
मंसिर २ गते बिहान ६:०० बजेको समयमा इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा उक्त वनमा लुकाइछिपाई राखिएको सात थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
बरामद गरिएका बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत रहेका छन् । उक्त बन्दुकहरू बरामद गरी इलाका प्रहरी कार्यालय दरबाङ, म्याग्दीमा ल्याई राखिएको छ भने उक्त बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।



