कोषमा १८ अर्ब ६२ करोड जम्मा

लोकप्रिय

काठमाडौँ, मंसिर ११ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपियाँ जम्मा भएको छ । कोषमा मङ्सिर ११ गते बिहान ९ बजेसम्म उक्त रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले कार्यालयमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा कोषमा जम्मा भएको रकमबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार विभिन्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्र तथा अन्य निकायबाट प्राप्त सहयोग रकम कोषमा जम्मा भएको हो ।  प्राकृतिक विपद्का बेला उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कोषमा रकम सङ्कलन हुँदै आएको छ ।

यसअघि कात्तिक २० गतेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपियाँ जम्मा भएको विवरण सार्वजनिक गरिएको थियो ।  पछिल्लो विवरणअनुसार मङ्सिर ११ गतेसम्म उक्त रकम बढेर १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपियाँ पुगेको छ ।

ताजा समाचार

Related Articles