हेटौँडा, मंसिर १२ गते । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ गोठभित्तामा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् ।

स्थानीय अन्दाजी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेका हुन् ।
शुक्रबार राति अन्दाजी ९ः०० बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत जानकारी प्राप्त भएपछि प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी टोली खटिई बुझ्दा रुकु पाख्रिन घरभित्र सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् ।
मंसिर १२ गते बिहान अन्दाजी १०ः३० बजे प्रहरी चौकी फाखेल, मकवानपुरमा घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको टोलीले घटनास्थलमा पुगेर बुझ्ने तथा आवश्यक अनुसन्धान गर्ने कार्य गरेको थियो ।
घटनामा संलग्न श्रीमान् रमेश पाख्रिनलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




